काठमाडौं, २३ भदौ । नेपाल विद्यार्थी संघले मुलुकभर जागरण अभियान चलाएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न दबाब दिन र राजनीतिक आस्थाका आधारमा नभई योग्यता र क्षमताका आधारमा प्राज्ञिक थलो विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गरिनु पर्ने भन्दै नेविसंघले मुलुकभर जागरण अभियान सुरु गरेको हो । नेविसंघको पहिलो बैठकले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नेविसंघका नवनिर्वाचित अध्यक्ष नैनसिंह महरले लामो समयदेखि स्ववियु निर्वाचन नभएको भन्दै दबाब दिन मुलुकभर जागरण अभियान चलाउनका लागि केन्द्रिय सदस्यहरुलाई निर्देशन दिइसकेको बताए । केन्द्रिय सदस्यहरु मुलुकभर पुगिसकेको उनको भनाई थियो ।
त्यस्तै नेविसघंले पछिल्लो समय खस्कदो विभिन्न विश्वविद्यालय शैक्षिक गुणस्तर सुधार्न उपकुलपति, शिक्षाध्यक्ष लगायत नियुक्त गर्दा भागबन्डाको आधारमा भन्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने बताएको छ ।
भागवण्डाका आधारमा नियुक्ति गर्दा जसले नियुक्त गरेको हो, त्यसैप्रति मात्रै जिम्मेवार हुदा विश्वविद्यालय भद्रगोल भएको अध्यक्ष महरले बताए । आफु अध्यक्षमा निर्वाचित भएपछिको पहिलो बैठकबाट पनि त्यो निर्णय गरेको उनको भनाई छ ।
त्यस्तै उनले कानुन विपरित शुल्क लिएर कक्षा सञ्चालन गरेका विद्यालयमाथि छानबिन गरी कारबाही गर्न पहल गर्ने सस्थागत निर्णय समेत नेविसंघले गरेको बताए ।












प्रतिक्रिया