१९ कार्तिक २०८३, बिहिबार

अध्यक्ष भण्डारीले पोखरेललाई यसरी दिए मार्मिक जवाफ

11.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sharat Singh Bhandariकाठमाडौं, २३ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले आफूलाई कालो हुनुमा गर्व रहेको रहेको बताएका छन् ।

एमालेका नेता शंकर पोखरेलको ट्वीटप्रति लक्षित गर्दै रामसपा अध्यक्ष भण्डारीले गोरो अनुहारको कालो मनप्रति धिकका रहेको बताएका हुन् ।

‘मलाई गर्व छ कालो अनुहारको गोरो मनप्रति, तिरस्कार छ गोरो अनुहारको कालो मनप्रति’, उनले बिहीबार फेसबुकमा स्ट्याटस लेखेर भनेका छन्, ‘धिक्कार छ, अपमानित भएर बस्ने गुलामहरूप्रति ।’

एमालेका नेता पोखरेलले दुई दिनअघि लेखेको ट्वीटप्रति मधेस केन्द्रित दलका नेता र राजनीतिक दलहरूले विरोध गरिरहेका छन् ।

उनीहरूले एमालेका वौद्धिक नेताबाट आएको अभिव्यक्तिले मधेसी जनताप्रति नकारात्मक सन्देश गएको टिप्पणी गर्दै आएका छन् ।