– शम्भू माली
कपिलबस्तु, २३ भदौ । कपिलबस्तु जिल्लामै पहिलो कपिलवस्तु जिल्ला शिक्षा कार्यालय मताहतको पकडी स्रोत केन्द्र निरक्षरमुक्त श्रोत्र केन्द घोषणा गरिएको छ । पकडी श्रोत्र केन्द अन्तर्गत रहेका ११ गाबिसका ५ देखि ६० बर्षका पुरुष, महिला, अपागं, सबै जना साक्षर भएपछि श्रोत्र केन्दलाई निरक्षरमुक्त स्रोत केन्द घोषणा गरिएको हो ।
राष्ट्रिय शिक्षा एंव अन्तराष्ट्रिय साक्षरता दिवस समारोहमा पकडी श्रोत्र केन्द्रलाई निरक्षरमुक्त श्रोत्र केन्द घोषणा गरिएको हो । प्रमुख अतिथि कपिलबस्तु क्षेत्र नं. २ का सभासद अतहर कमालले बैनर बाची भब्य समारोहका बिच निरक्षर मुक्त घोषण गरेका हुन । सो कार्यक्रम छात्रपाली तिर्था देबी उ.मा.को अध्यक्ष मधुसुदन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त दिवसमा बिभिन्न बिद्यालयलाई राम्रो काम गरे बपत सम्मान गरिएको थियो । सो अवसरमा बिभिन्न भाषाभाषीको संस्कृतिक कार्यक्रम झाकी, कला प्रर्दशनी गरिएको थियो ।
पकडी श्रोत्र केन्द्रमा मधेशी, मुसलिम जातीको सख्यां बढी भएको, मुसलिम जतीले साक्षरतामा अगाडी भएका छन । शिक्षा कार्यालयबाट साक्षरता कक्षा अन्तरगत गाबिसका मुसलिम महिला घर भित्रै सााक्षर भै दस्तख्त गर्न जानेका बताएका छन । घरको काम भ्याई राती मौका मिलाई सुतने समय एक घण्टा घटाइ साक्षरता कक्षामा सहभागी भै साक्षर बनेका बताएका छन । गाँउ शिक्षा समितिलाई र अन्य सरोकारवालालाई शिक्षा कार्यालयले प्रमाण पत्र प्रदान गरेको थियो ।













प्रतिक्रिया