रुपन्देही, २३ भदौ । गुडिरहेको मोटरसाइकलमा चट्याङ पर्दा रुपन्देहीमा एक व्यक्तिको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका–६ अमारी स्थितमा गुडिरहेको लु.२० प ३२८० नम्बरको मोटरसाइकलमा बुधबार चट्याङ पर्दा मोटरसाइकलमा सवार भारत सिद्धार्थनगर बस्ने ३६ वर्षीय ईस्तीएक अहमद गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
चट्याङमा मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ५५ बर्षीय महमद अव्दुल मन्नान अन्सारी समेत घाइते भएकोले मेडिकल कलेज भैरहवामा लगिएको छ ।












प्रतिक्रिया