१९ कार्तिक २०८३, बिहिबार

बाढीले पातीखोला जलविद्युत् केन्द्र प्रभावित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hydro

फलेवास (पर्वत), २३ भदौ । बुधबार दिउँसोदेखिको अविरल वर्षाका कारण पातीखोलामा आएको बाढीले छ घर बगाउनुका साथै माछा फर्म र पातीखोला जलविद्युत् केन्द्रमा समेत क्षति पु¥याएको छ ।

गएराति ३ बजेको समयमा आएको बाढीले देउपुर गाविस–९ मा छ घर बगाएको हो । बाढीले देउपुर–९ का खोला किनारमा रहेका सुन्दर विक, अन्तरे विक, कालु विक, प्रेमप्रसाद चापागार्इं, यामबहादुर चोचाङ्गी र बाजुङ–१ का मनबहादुर पौडेलको पानी मिल बगाएको थियो ।
घर बगाएर बिस्थापित भएका उनीहरु अहिले आफन्तकोमा सहारा लिएर बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै स्थानीय यामबहादुर चोचाङ्गीको धौलागिरि साबुन फ्याक्ट्रीमा बाढीले क्षति पु¥याउँदा लाखौँको धनमाल बगाएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार बाढीले देउराली गाविस–६ मा रहेको एक मेघावाट क्षमताको पातीखोला जलविद्युत् केन्द्रमा पनि क्षति पु¥याएको छ । बाढी पसेपछि सो केन्द्रको विद्युत् उत्पादन समेत बन्द भएको छ ।
बाढीले करोडौँको लगानीमा पार्वती आमा समूहले सञ्चालन गरेको पातीखोला रेन्बोट्राउट फार्ममा समेत ठूलो क्षति पुगेको सञ्चालक यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

घटनास्थलमा मोदीखोला जलविद्युत् केन्द्रको सुरक्षामा खटिएको रणदल गुल्मको नेपाली सेना र जिल्ला प्रहरी कार्यालय र चण्डिका सशस्त्र प्रहरी गणको टोलीले उद्धार गरिरहेको छ ।

घटनामा परी कुनै मानवीय तथा चौपायाको क्षति नभएको र अहिले सबै परिवारको क्षतिको विवरण लिने काम भइरहेको तर घटनाको पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । रासस