पोखरा, २३ भदौ । गएराति आएको भीषण वर्षासँगै फिर्के खोलामा आएको बाढीले पोखरा–६ मालपोत कार्यालय नजिकैबाट मोटरसाइकल बगाउँदा त्यसमा सवार एक पुरुष बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार आज बिहान घटनास्थलभन्दा केही तल ग६प ७९२ नंको निलो पल्सर मोटरसाइकल फेला परे पनि त्यसमा सवार पुरुष भने फेला नपरेको बताइएको छ । प्रहरीले बेपत्ता पुरुषको खोजतलास गरिरहेको छ ।
यस्तै कास्कीको कालिका गाविस–६ सुनपादेवी भन्ने स्थानमा पहिरो आई बोधराज तिमिल्सिनाको दुईतले पक्की घर पूर्णरुपमा क्षति पुर्याउदा ४५ वर्षीय श्रीमती भीमादेवी तिमिल्सिना घाइते भएकी छिन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले निजले पालेका दुईवटा भैँसी मरेका छन् भने एउटा स्कुटर पहिरोले पुरेको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया