२ कार्तिक २०८३, सोमबार

ह्वावेल ल्यायो चाडबाडको योजना ‘Prize एक-सा-एक, यो दशैंमा भाग्यशाली अनेक’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

huawei-Prize

काठमाडौं, २३ भदौ । Huawei उपभोक्ता व्यवसाय समूहले आफ्नो २०७३ दशैं अफरको घोषणा गरेको छ । उपहारले भरिपूर्ण एक महिना लामो यस अफर भदौ २४ गतेदेखि आश्विन २२ गतेसम्म लागू हुनेछ ।

अरु अफर झै बम्पर उपहारमा मात्र केन्द्रित नभई यसवर्ष Huawei ले धेरै भन्दा धेरै ग्राहकहरुलाई उपहार दिने निर्णय गरेको छ । चाडपर्वको रौनकलाई ध्यानमा राखी ज्गबधभष् ले यसपालीको सबै उपहारहरु उत्तिकै महत्वपूर्ण अर्थात् एक–सा–एक ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ज्गबधभष् को कुनै पनि स्मार्टफोनको खरिद गरी विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

“Prize एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक” अन्तर्गत Huawei ले हरेक हप्ता र हरेक १५ दिनमा उपहारहरु प्रदान गर्नेछ । लक्की ड्र मार्फत ग्राहकहरुले हरेक हप्ता १०० वटा पावर बैंक, २० वटा स्मार्टफोन र किट सहित ४ जाएन्ट साइकल प्राप्त गर्नेछन् । विजेताको घोषणा Huawei को अफिसियल फेसबुक पेज (/Huaweidevicenepal) मा गरिनेछ । यस अफरको प्रमुख हाइलाइट भन्नु नै हरेक १५ दिनमा हुने लक्की ड्र हो, जस मार्फत् दुई भाग्यशाली विजेताहरुले Vespa /  Royal र Enfield जित्न सक्नेछन् । विजेताहरको घोषणा नेपाल टेलिभिजनबाट प्रसारण हुने नमस्ते नेपालमा प्रत्यक्ष लक्की ड्र मार्फत गरिनेछ ।

Huawei को फेस, सृष्टि श्रेष्ठले हरेक हप्ता र हरेक १५ दिनका विजेताहरुलाई उपहार हस्तान्तरण गर्ने छिन् । यस योजनामा सहभागी हुनका लागि योजना अवधिभर ह्वावेको कुनै पनि मोबाइल खरिद गर्ने ग्राहकहरले Huawei (स्पेस) १५ अङ्क भएको फोनको IMEI नं टाईप गरी ३२२०० मा एसएमएस गर्नुपर्नेछ । यस अफर अवधिभर करिब ५०० ग्राहकहरु उपहार पाएर भाग्यशाली बन्नेछन् । यो दशैंको उमंग र उत्साहलाई दोब्बर बनाउने मौका Huawei ले तपाईंहरुलाई प्रदान गरेको छ, त्यसैले यो अवसरलाई खेर नफाली लिनुहोस् Huawei फोन र पाउनुहोस् एक–सा–एक उपहार!

Huawei उपभोक्ताको पृष्ठभूमि

ह्वावेको उत्पादन र सेवाहरु विश्वको एक तिहाइ मानिसहरुले १७० भन्दा बढी देशमा प्रयोग गर्दछन् । २०१४मा ह्वावे विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्यात गर्ने कम्पनीमा परेको थियो ।

अमेरिका, जर्मनी, स्विडेन, रुस, भारत र चीनमा ह्वावेको १६ वटा अनुसन्धान र विकास सेन्टर रहेका छन् । ह्वावे उपभोक्ताको पृष्ठभूमि पनि ह्वावेकै एक भाग हो जसले स्मार्टफोन, मोबाइल ब्रोडब्यान्ड र क्लाउड सम्बन्धी कामहरु हेर्दछ । यस कम्पनीको ग्लोबल नेटवर्क टेलिकम उद्योगमा २० वर्ष विशेषज्ञताको आधारमा निर्माण गरिएको हो र यसले विश्वभरका ग्राहकहरुलाई नवीनतम प्राविधिक सेवा दिदैं आएको छ ।

विस्तृत जानकारीका लागि, यहाँ हेर्नुहोस्:
http://consumer.huawei.com/np