– नवराज श्रेष्ठ
रामेछाप, २३ भदौ । रामेछापमा अहिलेसम्म ३३ हजार २५७ जना भूकम्पपीडितका लागी पहिलो किस्ता वापतको ५० हजार अनुदान रकमको चेक काटिएको छ ।
जिल्लामा अनुदान रकम पाउने ४० हजार ७७८ जना नागरिक छन् । बुधबारसम्ममा ३३ हजार २५७ जना भूकम्पपीडितकोे पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ अनुदानको चेक काटिएको कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापका प्रमुख मधु पोखरेलले जानकारी दिएका छन् ।
अबको केही हप्ताभित्रै रामेछापका सबै भूकम्पपीडितहरुले पहिलो किस्ता वापतको ५० हजार बाढिसक्ने जिल्ला विकास समिति रामेछापको योजना छ । आफूहरुले अनुदान बितरणको काम द्रुत गतिमा गरिहेकोले अबको केहि हप्ता भित्र रामेछापका सबै पिडितहरुले पहिलो कस्ताको अनुदान रकम पाइसक्ने जिल्ला विकास समिति रामेछापका सूचना अधिकारी दिपक सुवेदीको भनाई छ ।
हाल सदरमुकाम मन्थलीमा रहेका ९ वटा बैँकहरुबाट पहिलो किस्ता वापतको रकम वितरण भइरहेको छ । जिल्लाको करिब दुई दर्जन जति गाविसकोे पैसा वितरण गर्ने काम भइरहेको जिल्ला विकास समितिले जनाएको छ ।
जिल्लाको ४ वटा गाविसहरुको भने तथ्यांक रुजु गर्ने काम भइरहेकाले खातामा पैसा जान बाँकी रहेको छ । भने ती गाविसहरुको पनि केही दिनमै खातामा पैसा जाने बताईएको छ ।













प्रतिक्रिया