२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीले समय नदिएपछि बालुवाटारमा नयाँ शक्तिको प्रदर्शन, राख्यो ६ बुँदे माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naya-shakti-baluwatar-dharna

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका केही आंगिक तथा भातृ संगठनहरुले संयुक्तरुपमा बुझाउन लागेको ज्ञापनपत्र बुझ्ने समय नदिएपछि नयाँ शक्ति नेपालले विहीबार बिहान बालुवाटारमा धर्ना दिएको छ ।

‘बाढीपीडितलाई तत्काल राहत दे, भूकम्पपीडितलाई पुनर्स्थापना गर, बढ्दो महंगी नियन्त्रण गर, सुकुम्बासी समस्या समाधान गर, महिलामाथिको हिंसा बन्द गर, बेरोजगार युवाहरुलाई रोजागारीको व्यवस्था गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित बालुवाटार पुगेका नयाँ शक्तिका नेता कार्यकर्ताले एक घन्टा धर्ना दिएका हुन् ।

बिहान ७ बजेबाट सुरु भएको धर्ना साढे आठ बजेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रदेव खनाललाई ज्ञापनपत्र बुझाएपछि सम्पन्न भएको नयाँ शक्ति नेपालको महिला विभाग संयोजक कल्पना धमलाले जानकारी दिनुभयो ।

जनताका समस्याहरु लगायत समसामयिक विषयहरुमा ज्ञापनपत्र बुझाउने समय माग्दा पनि प्रधानमन्त्रीको सचिवालयले समय उपलब्ध नगराएको उहाँले बताउनुभयो । ‘अन्य पार्टीहरु, सामान्य संघसंस्था र व्यक्तिगत ज्ञापनपत्रसम्म बुझिरहेका प्रचण्डले हामीलाई समय दिएनन्,’ उहाँले भन्नुभयो– ‘सात दिनअघिदेखि समय माग्दा पनि समय नदिएपछि हामीले प्रधानमन्त्रीका प्रतिनिधिलाई ज्ञापनपत्र बुझायौं ।’