काठमाडौं । २०६४ सालदेखि मोडलिङमा सक्रिय रहेका मकवानपुरका युवराज थिङ ‘सुन्दर’लाई कला क्षेत्र छाड्न पटक्कै मन छैन । कलाकारितामा लागेर थोरै भए पनि नाम कमाएका थिङ मोडलिङका साथै कमेडी पनि गर्छन् ।
मनवानपुर जिल्लाको छत्तिवन गाविस वडा नम्बर ४ स्थायी घर भएका थिङ कसैले काम गर्न बोलाउनेवित्तिकै काठमाडौं आइहाल्छन् । र मोडलिङ गरेर फेरि आफ्नै घर फिर्ता हुने गरेका छन् ।
नेपाली चलचित्र ‘त्रास’मा लगानी गरेका थिङले ‘पालो’ नामक फिल्ममा राम्रो कमेडियनको भूमिका निभाएका थिए । उनको पछिल्लो फिल्म भने निर्देशक अमर ओलीको ‘आरोप’ हो ।
‘आरोप’मा खेलेका थिङ भन्छन्, ‘अभिनय गर्न खासै अप्ठेरो लाग्दैन । जुन पनि अभिनय गर्ने क्षमता छ । गायक एवम् संगीतकार गोविन्द मधुर आचार्यको गीत ‘मलाई दुखदा रुने त्यो मन…’मा हालै मात्रै मोडलिङ गरेको थिङलाई गीतसंगीत पनि सुन्न मन पर्छ ।
मोडल थिङले सबै प्रकारका गीत संगीत सुन्ने गरेको बताउँछन् । ‘मलाई सबै प्रकारको गीत संगत मनपर्छ । एकान्तमा बसेका बेला मेरो साथ दिने भनेकै गीत संगीत हो’, उनले भने । गायक स्वरुपराज आचार्यले गाएको ‘तिम्रो खुसी मेरो खुसी…’ बोलको गीतमा पनि थिङले अभिनय गरेका छन् ।
गोविन्द र स्वरुपका दुबै गीतका म्युजिक भिडियो राम्रो बनेको उनको भनाइ छ । ‘म्यजिक भिडियो राम्रो बनेका छन्’, उनले भने ।
ठूलो पर्दाका फिल्ममा सोलो नायिकको रुपमा अभिनय गर्ने उनको पुरानो धोको हो । उनी भन्छन्, ‘एक दिन पक्कै समय आउँछ । मेरो सपना भनेको ठूलो पर्दाको फिल्ममा हीरो बनेर सबैलाई मभित्रको कला देखाउनु छ ।’















प्रतिक्रिया