२८ कार्तिक २०८३, शनिबार

विद्युत प्राधिकरणका कार्यकारी प्रमुखलाई अपदस्थ गरिँदै, घिसिङलाई ल्याउने तयारी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mukeshraj Kafleकाठमाडौं, २३ भदौ । सरकारले पटक पटक बिबादमा आइरहने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई पदबाट हटाउने तयारी गरेको छ ।

कार्यसम्पादन राम्रो गर्न नसकेको भन्दै आलोचना बढेपछि काफ्लेलाई तीन महिना समयावधि हुँदै पदबाट हटाउन लागिएको उच्च स्रोतले जनाएको छ । काफ्लेलाई हटाउन उर्जा मन्त्रालयले आज बस्ने बस्ने भनिएको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजान लागेको बुझिएको छ ।

काफ्लेलाई पदबाट हटाएपछि उनको स्थानमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरिने स्रोतको भनाइ छ ।