१९ कार्तिक २०८३, बिहिबार

राप्रपाको अञ्चल भेला सम्पन्न, पार्टीमा एकतामा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raparpa

भैरहवा, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी अञ्चल स्तरीय कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ ।

राप्रपा रुपन्देही जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा भैरहवा स्थित गणतान्त्रिक सभा गुहमा सम्पन्न भेलामा लुम्बिनी अञ्चलका ६ वटै जिल्लाबाट नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको पार्टीका केन्द्रीय सदस्य ताहिर अलीले बताए ।

राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका अध्यक्ष पशुपति शमशेर राणा, महामन्त्रीद्धय दीपक बोहरा र विक्रम पाण्डे, नेता तथा पूर्व वाणिज्य मन्त्री सुनिल थापा, सांसद इस्तिहाक अहमद खान, सरोज शर्मा, पार्टीका केन्द्रीय कोषाध्यक्ष निलकण्ठ काफ्ले लगायतले राप्रपा नेपालसंग पार्टीको सम्मानजनक एकताको आवश्यक्तामा जोड दिएका थिए ।

राप्रपाका केन्द्रीय सदस्य ताहिर अलीको स्वागत मन्तव्य तथा नेता युवराज घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सदभावनाका नेता राप्रपामा

यसैबीच बुधबारै राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका पूर्व जिल्ला अध्यक्ष तथा नेता आनन्द प्रसाद गुप्ता राप्रपामा प्रवेश गरेका छन् ।

नेता गुप्ताको नेतृत्वमा विभिन्न पार्टीबाट ५१५ कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेको नेता ताहिर अलीले जानकारी दिए । साथै नवलपरासी जिल्लाका पूर्व जिविस सभापति तथा नेपाली कांग्रेसका नेता नरेश भट्ट पनि राप्रपामा प्रवेश गरेको पार्टीले जनाएको छ ।