१९ कार्तिक २०८३, बिहिबार

सचेतनाका लागि ग्रामिण बस्तीमा रोटरी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rotary

भक्तपुर, २२ भदौ । रोटरी इन्टरनेशनल क्लव सामाजिक सहयोग र सचेतनाका क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल भएको छ ।

प्राकृतिक विपत्तिदेखि गरिबी, असाहाय, रोगी, दिनदुखी लगायतका समुदायमा रोटरी क्लवले पुर्याउदै आएको सहयोगका आधारमा यस्तो आँकलन गरिएको हो । रोटरी इन्टरनेशनल क्लव अन्र्तगतका नेपालमा क्रियाशील रहेका विभिन्न क्लवहरुले आफुलाई सक्रिय बनाउदै हरेक क्षणमा यस्ता सहयोग निरन्तर गरिरहँदा समुदायका सदस्यहरुका मनमा बस्न सफल भएका छन् ।

समुदायको संवृद्धि र सचेतनाका लागि क्लवहरुले महत्वपुर्ण भुमिका खल्दै आएका छन् । यही क्रममा रोटरी क्लव अफ दरबारमार्गले भक्तपुरको झौखेलस्थित एक समुदायमा महिला स्वास्थ्य तथा सरसफाई सम्बन्धि सचेतनात्मक कार्यक्रमको आयोजना गरेको छ । खासगरि महिलाको रजस्वालको समयमा सरसफाईमा ध्यान नदिँदा गम्भिर प्रकृतिका रोगहरुको शिकार बनिरहेका छन् । त्यो सचेतनाका कमीले हो । त्यसैले हरेकलाई जानकारी गराउनु बुझ्ने समाजका सदस्यको दायीत्व भएकाले कार्यक्रम आयोजना गरिएको क्लवका जनसम्पर्क संयोजक लाक्पाफुटी शेर्पाले बताउनुभयो । कार्यक्रममा महिला स्वास्थ्य र सरसफाईका बारेमा जानकारी दिइएको थियो ।

साथै रजस्वलाका बेला प्रयोग गर्न सकिने हाइजेनिक सेनीटरी प्याड वितरण गरिएको रोटरीयन हरिमाया गुरुङ्गले जानकारी दिनुभयो । त्यसमा पनि बजारमा बिक्रिका लागि राखिएका मेडिकल सेनीटरी प्याड महिला स्वास्थ्य र वातबरण प्रतिकुल भएकाले स्थानीय हाइजेनिक प्याड प्रयोगका लागि सुझाइएको थियो । कार्यक्रममा ब्राइट फ्युचर कम्युनिटी सेन्टर नामक स्थानीय सेनिटरी प्याड उत्पादकले त्यस्ता हाईजेनिक प्याडको बारेमा जानकारी गरायो । भक्तपुरको झौखेल गाउँका महिलाहरुलाई राजस्वला भएको बेला गरिने विशेष सरसफाईका बारेमा जानकारी दिनुका साथै हाईजेनिक सेनिटरी प्याड वितरण गरिएको थियो । कार्यक्रममा रोटरीयन हरिमाया गुरुङ्ग, नेत्र बस्नेत, गोकुल थापा, सन्ध्या बराल, शिरीस गिरी र रोट्रयाक तमिश गिरीको सहभागिता थियो ।