१९ कार्तिक २०८३, बिहिबार

७१ प्रतिशत सुत्केरी महिलाहरु स्वास्थ्य संस्थाको पहुँच बाहिर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sutkari– नवराज श्रेष्ठ

रामेछाप, २२ भदौ । रामेछाप जिल्लाका सुत्केरी हुने महिलामध्ये ७१ प्रतिशत गर्भवती महिलाहरुले स्वस्थ्य संस्थाभन्दा बाहिरै सुत्केरी हुने गरेको पाइएको छ । जसले गर्दा प्रसुती अवस्थाका हुने जोखिम महिलाहरुमा अधिक देखिएको छ ।

अझ जिल्लामा जिल्लामा २० बर्षभन्दा कम उमेरमा बच्चा जन्माउने ५ प्रतिशत महिला रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरिक्षक केशव फु्याले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार जिल्लामा पहिलो पटक गर्वजाँच गर्न आउने महिलाको संङ्ख्या ६३ प्रतिशत रहेको छ । गर्भवती महिला मध्ये चौथो पटक गर्भजाँच गराउन स्वास्थ्य संस्थामा आउने महिलाको सङ्ख्या जम्मा ३९ प्रतिशत मात्र रहेको छ । यसले जिल्लामा गर्भावस्थामा गर्भजाँच गराउन स्वास्थ्य संस्थामा जाने महिलाको संख्या समेत न्युन रहेको देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउनका लागि बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको उनले बताए । तरपनि अझै गर्भवती र सुत्केरी महिलाको जचाउन र सुरक्षित सुत्केरीको लागि स्वास्थ्य संस्थामा जाने क्रममा आशातित सुधार हुन सकेको छैन ।

जनचेतनामुलक कार्यक्रमकै कारण स्वास्थ्य संस्थामा नियमित गर्भजाच गर्न आउने र बच्चा जन्माउन आउने महिलाहरुको सङ्ख्या विगतमा भन्दा बढ्दै गएको उनले बताए । रामेछाप जिल्लामा अहिले ६८ वटा स्वस्थ्य संस्थाले सेवा प्रदान गर्दै आएका छन् । जस मध्ये ३० वटा स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा सञ्चालनमा छ ।