१९ कार्तिक २०८३, बिहिबार

पर्वतारोही संजय राहत लिएर प्युठानको बिकट गाउँ पुगे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjay-panditप्युठान, २२ भदौ । कीर्तिमानी विश्व पर्वतारोही एवं लामो दुरीका धाबक संजय पण्डितले बुधबार बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्र प्युठानको फोप्लिमा सम्पूर्ण रुपमा क्षति भएका ६० घरपरिवारलाइ २० किलो दरले १२०० केजी चामल वितरण गरेका छन् ।

संजय पण्डित फाउन्डेसन नेपालका अध्यक्ष संजय पण्डित एबम महासचिब सुरेन्द्र पण्डितद्वारा उक्त राहत वितरण गरिएको हो । संजय प्युठान निबासी हुन् । पण्डितले आफुलाई संसारभर प्युठानले चिनाउन प्रमुख भूमिका खेलेको हुनाले, प्युठानी जनताको पीडामा केहि भएपनि राहत दिन सकेकोमा आफूलाई खुसी लागेको बताए ।

उनले भूकम्प पीडितजस्तै बाढीपीडितलाई पनि विशेष प्राथमिकता दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

भूकम्प पीडितहरुको घर भत्किए पनि अन्य ठाउँमा घर बनाउन सकिने तर बाढी पहिरो पीडितहरुको सबै घर खेत बारी नै सखाफ भएकोले बिशेष योजना सरकारले लिएर छिट्टै गर घरमा पुग्न पनि सरकारसंग जोडदार रुपमा माग गरेका छन् ।

पण्डित प्युठान बाट सगरमाथा लगायत बिस्वका अन्य चर्चित हिमाल आरोहण गर्ने पहिलो नागरिक हुन् ।