काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिका–३५ तिनकुनेस्थित तरकारी बजारमा मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा सप्तरी भारदा–७ घर भएका १८ वर्षीय सुरज गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुप्ताले स्याङ्जा पुतलीबजार नगरपालिका घर भएका २५ वर्षीय कृष्णबहादुर नेपाली र काभ्रे महादेवस्थान–७ घर भएका कृष्णकुमार श्रेष्ठको करीव १८ हजार र ६५ हजार रुपैयाँ मुल्य बराबरका मोबाईल चोरी गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त वानेश्वरको प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।












प्रतिक्रिया