१९ कार्तिक २०८३, बिहिबार

झापामा मोटरसाइकल चोरी गर्ने ठूलो गिरोह पक्राउ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bike-chori-jhapa

– राजकुमार ओली

विर्तामोड, २२ भदौ । झापामा मोटरसाइकल चोर्ने ठूलो गिरोहलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

झापाको विर्तामोड लगायतका क्षेत्रमा लामो समयदेखि मोटरसाइकल चोरी गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले पक्राउ गरि आज विहान सार्वजनिक गरेको हो । प्रहरीले चोरी गरिएको १५ वटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद गरिएको मोटरसाइकलसहित ६ जना अभियुक्तलाई पनि सार्वजनिक गरिएको हो ।

झापा चन्द्रगढी ८का २८ वर्षीय अशोक राजबशी, विर्तामोड २ का १९ वर्षीय सईदुल सेख, दार्जिलिङ माटीगढाका २१ वर्षीय जीवन राजबशी, भारत किसनगन्जका २१ बर्षीय मोहमद साईदुन, हल्दिवारी १ का २१ वर्षीय राम भारती र भद्रपुर १३ का अशोक रायलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

Bike-chori-jhapa-1

उनीहरुलाई झापाका विभिन्न ठाँउबाट प्रकाउ गरिएको अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक खडग बहादुर खत्रीले जानकारी दिदै स्थानियबासीको सहयोगमा चोरहरुको निगरानीलाइ गर्दै यो सफलता प्राप्त भएको बताए ।

चोरहरुले आफन्त विरामी भएको किड्नी ड्यामेज भइ उपचार गर्न आर्थिक सहयोग गर्न भन्दै घर घरमा दिँउसो आइ घरको रेकी गर्ने र राति सटर, मुल गेट फोरेर मोटरसाइकल चोरी गर्ने गरेको पीडित दिपेश ओली र ईश्वरी गिरीले बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा गरिएको पत्रकार सम्मेलनमा झापाका प्रहरी प्रवक्ता हरि शर्माले अभियुक्तलाई कानून बमोजिम कारवाही गरिने बताए ।