रोल्पा, २२ भदौ । माओवादीको किल्ला मानिने रोल्पा जिल्लाको थवाङ गाविसमा नेकपा एमालेको संगठन विस्तार भएको छ ।
बुधबार थबाङ– ५ मा मल्टे बुढामगरको अध्यक्षता तथा नेकपा एमाले रोल्पा क्षेत्र नम्बर एकका अध्यक्ष हित बहादुर रोकामगरको प्रमुख आतिथ्तामा सम्पन्न भेलाले कुमार बुढामगरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
वडा कमिटीको उपाध्यक्षमा मस्ते बुढामगर, सचिवमा दिलकु नेपाली, उपसचिवमा विकास घर्तीमगर र सदस्यहरुमा धनबहादुर नेपाली, विचेक मगरढामगर, मेसराज बुढामगर, मनसरी नेपाली, जमानसरी रोका, रुपक रोकामगर, अमर रोकामगर, विजय नेपाली, मल्टे बुढामगर, मया रोका, सर्मी नेपाली, दत्य रोकामगर, कुसन्ती रोकामगर, पुनमाया घर्तीमगर, विजय रोकामगर, कुलसरी घर्तीमगर र बिर्समान रोकामगर रहनुभएको छ ।
मस्ते रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन दिलकु रोकामगरले गर्नुभएको थियो ।













प्रतिक्रिया