१९ कार्तिक २०८३, बिहिबार

संशोधन नगरी संविधान कार्यान्वयन हुन सक्दैन : मन्त्री यादव

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sita-devi-yadav-555x335काठमाडौं, २१ भदौ । शान्ति तथा पूनर्निर्माणमन्त्री सितादेवी यादवले संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएकी छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले अयोजना गरेको साक्षात्कारमा बोल्दी मन्त्री यादवले भनिन्,‘संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुने सम्भावना म देख्दिन्, कार्यान्वयन गर्ने हो भने तत्काल संशोधन गर्नुपर्छ ।’

उनले मधेशी मोर्चाले संविधानका ८३ वटा बुँदामा संशोधन गर्नुपर्ने भनेपनि तत्काल तीन चारवटा बुँदामा संशोधन गरेर भएपनि अघि बढ्नुपर्ने बताउँदै थपिन्,‘संविधान संशोधन विना मुलुकमा शान्ति आउन सक्दैन् ।’ उनका अनुसार उक्त बुँदाहरुमा प्रदेशको सिमांकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक–समावेशी र नागरिकताको विवाद टुँगो लगाउने रहेका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा नेपाली काँग्रेसकी कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले संविधान संशोधनेको लागि दुईतिहाई आवश्यक पर्ने भएकाले प्रमुख प्रतिपक्षी दल एमालेले पनि सहयोग गर्नुपर्ने बताईन् ।

उनले अघि थपिन्,‘दलहरु मिल्नुको विकल्प छैन, एक–अर्काको आलोचना गरेर कसैको हित हुँदैन, सबै मिलेर सुन्दर, शान्त र समृद्धि मुलुक बनाउनुपर्छ ।’ यादवले संविधान संशोधनमा एमालेलाई मनाउनको लागि आफ्नो पार्टी र नेतृत्व लागिपरिरहेकोले संशोधन प्रक्रिया अघि बढ्नमा केही ढिलाई भएको स्पष्ट पारिन् ।

दलहरुवीच सहमति नभए चुनाव हुन नसक्ने बताउँदै मन्त्री यादवले भनिन्,‘छिट्टै संविधान संशोधन गरेर स्थानीय निकाय लगायत तीन वटै निकायको चुनाव गराउनुपर्छ, अनि संविधान कार्यान्वयनमा लाग्नुपर्छ ।’ उनले मधेशमा दुई प्रदेश हुनुपर्नेमा आफूले पहिलादेखि नै अडान लिँदै आएको बताउँदै भनिन्,‘झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेश हुनैपर्छ ।’