१९ कार्तिक २०८३, बिहिबार

भारतबाट चोरेर मोटरसाईकल नेपाल पठाउने गिरोह बनबसाबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motorcycle-chori

काठमाडौं, २१ भदौ । सिडकुलको एउटा फ्याक्ट्रीमा काम गर्ने दुईजना युवाहरुले चोरेको मोटरसाईकल नेपाल पठाउने गरेको पाइएको छ ।

मोटरसाईकल चोरेर नेपाल पठाउने ती दुईटै युवालाई भारतीय प्रहरीले पक्राउ गरको छ । पक्राउ परेका अभियुक्तहरुले आफूहरुले मोटरसाईकल चोरेर बनबसा पुर्याउने र त्यहाँबाट आफ्नो सम्पर्कमा रहेको नेपाली गिरोहद्धारा नेपाल पठाउने गरेको कुरा प्रहरी अनुसन्धानमा बताएका छन् ।

केही समय पहिले आफूहरुको भेट दुई जना अरु साथीहरुसँग भएको र उनीहरुले मोटरसाईकल चोरीबाट राम्रो आम्दानी हुने लालच दिएपछि आफूहरुले उनीहरुलाई मोटरसाईकल चोरेर दिने र उनीहरुले बनबसा पुगाउने गरेको तथा बनबसाबाट एक जना बीबीए पढ्ने नेपालीले नेपाल ल्याएर बेच्ने गरेको बताईएको छ ।