काठमाडौं । आजभोली कलाकार दीपकराज गिरी र प्रियंका कार्की कलेज धाउन थालेका छन् ।
सोमबारदेखि उनीहरु चलचित्र ‘छक्का पन्जा’को प्रचार प्रसारका लागि राजधानीका विभिन्न विभिन्न स्कूल, कलेज धाउन थालेका हुन् । कलेजको प्रचार प्रभावकारी हुन्छ भन्दै आफुहरु कलेज कलेज धाउन थालेको कलाकार दीपकले बताए ।
दिपाश्री निरौलाद्धारा निर्देशित चलचित्र ‘छक्का पन्जा’मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, बुद्धि तामाङ, जितु नेपाल, नम्रता सापकोटा, र वर्षा शिवाकोटीको अभिनय रहेको छ ।
चलचित्र यहि भदौ २४ अर्थात शुक्रबार देखि प्रदर्शनमा आउदैछ ।















प्रतिक्रिया