१९ कार्तिक २०८३, बिहिबार

तरुण दल काठमाडौंको अध्यक्षमा खड्का निर्वाचित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarun-dal

काठमाडौं, २१ भदौ । नेपाल तरुण दल काठमाडौंको अध्यक्षमा कृष्णजी खड्का निर्वाचित भएका छन् ।

सोमबार राति अबेर सकिएको मतगणनामा खड्का ४ सय १० मत पाउँदै विजयी भएका हुन् । प्रतिद्वन्द्वी रमेश महर्जनले ७१ मत पाए । निर्वाचनमा खड्काको पुरै प्यानलै निर्वाचित भएको छ ।

तरुण दल काठमाडौंको उपाध्यक्षमा राजेशदत्त महर्जन निर्विरोध चयन भएका छन् । भने सचिवमा दिनेशविक्रम शाह र कोषाध्यक्षमा अमृत मानन्धर चुनिएका छन् ।

त्यस्तै केन्द्रीय पार्षदमा प्रवासमानसिंह, रमिला महत गड्तौला, मनदेवी श्रेष्ठ, शारदा श्रेष्ठ र उमेश गुरुङ्ग छनोट भएका छन् ।