११ कार्तिक २०८३, बुधबार

बिदेशीहरू यसरी बस्दैछन् नेपालमा अबैध रुपमा

22k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

touristsकाठमाडौं, २१ भदौ । अध्यागमन ऐन हदै लचिलो हुँदा नेपालमा नक्कली राहदानी तथा भिसाको प्रयोग र ओभर स्टे (भिसाभन्दा बढी बस्ने समय) गर्ने विदेशीको संख्या बढ्दै छ ।

नक्कली राहदानी प्रयोग गर्नेलाई न्यूनतम सजाय, ओभर स्टे गर्नेले सामान्य जरिवाना तिरेपछि उन्मुक्ति पाउने र विदेशी नक्कली भिसा प्रयोग गर्नेलाई ऐनका कारबाहीको व्यवस्थै नहुँदा अध्यागमन ऐन मिच्ने विदेशी बढेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

‘कसैले नेपालको भिसा नक्कली गरे भने उनीहरुमाथि हामी कारबाही गर्छौं, तर अन्य देशको भिसा नक्कली बनाई नेपालबाट उड्न लागेको छ भने त्यस्तालाई हाम्रो कानुनले चिन्दैन’, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले भने ।