१९ कार्तिक २०८३, बिहिबार

फोटो प्रदर्शनीले नेपालको पहिचान उँचो पार्नेः उपराष्ट्रपति पुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pun

काठमाडौं, २० भदौ । फोटो पत्रकार क्लब नेपालको आयोजनामा भईरहेको फोटो प्रदर्शनीको चौथो दिन सोमबार नेपाल आर्ट काउन्सिलमा उपराष्ट्रपति नन्दकिशोर पुनले फोटो प्रदर्शनी अवलोकन गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले फोटो प्रदर्शनीमा रहेका तस्वीरहरूको अवलोकन गर्नुका साथै प्रदर्शित फोटोहरूलाई आफ्नो मोबाईलबाट समेत खिच्नुभएको थियो ।

फोटो प्रदर्शनीको अवलोकनपछि उपराष्ट्रपति पुनले प्रदर्शनीले नेपालको पहिचान र यथार्थ अवस्थाका बारेमा जानकारी दिनुका सार्थै यसले हाम्रो संस्कृति झल्काएको छ, प्रतिक्रिया किताबमा लेख्नुभएको छ ।

sing

प्रदर्शनीले नेपालको पहिचानलाई उँचो बनाएको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ फोटो आफैमा सम्पूर्ण कथा हो र एउटै फोटोले हजार वटा प्रमाणको काम गर्दछ । ।

सोमबारको प्रदर्शनीमा पूर्वमन्त्री महेश बस्नेत, राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का, एमाले नेतृ रामकुमारी झाक्री, नाडाका महासचिव कृष्णप्रसाद दुलाल, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायत विभिन्न विद्यालयका विद्यार्थीहरू को उपस्थिति रह्यो ।

फोटो प्रदर्शनी अन्तिम दिन भोली मंगलवार सम्म रहने छ ।