काठमाडौं, २० भदौ । अनलाइन शपिङका लागि नेपाली उपभोक्ता माझ सर्वाधिक लोकप्रिय प्लेटफर्म सस्तोडिल डटकमले मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ ।
आफ्ना प्रयोगकर्ता तथा उपभोक्तालाई अनलाइन शपिङमा थप सहजता उपलब्ध गराउने सोचका साथ एप सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । उपभोक्ताले लामो समयदेखि प्रतिक्षा गरेको यो एप कम्पनीले हालका लागि एण्ड्रोइड भर्जनमा मात्र उपलब्ध गराएको छ । कम्पनीका अनुसार केही हप्ताभित्रै एपको आईओएस भर्जन पनि सार्वजनिक गरिने छ ।
सस्तो डिलको यो एप मार्फत अनलाईन शपिङलाई थप सहज बनाउनुका साथै गति समेत प्रदान हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार उपभोक्ताले गूगलको प्लेस्टोर मार्फत जम्मा ६ एमबी स्पेश सहितको यो एप निःशुल्क डाउनलोड गर्न सक्छन् ।
नेपाल अहिले डिजिटल क्रान्ति तिर अग्रसर भइरहेको छ । यसमा मोबाइलको उल्लेखनिय भुमिको रहेको छ । यही कुरालाई दृष्टिगत गर्दै कम्पनीले शपिङ अनुभवलाई थप उत्कृष्टता प्रदान गर्ने सोचका साथ यो एप सार्वजनिक गरेको हो । मोबाइल एपको निर्माण याकामोज टेकले गरेको हो ।















प्रतिक्रिया