११ कार्तिक २०८३, बुधबार

कोरला नाका खोल्न सरकार अनिइच्छुक, काममा यसरी भयो ढिलाइ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Korala-nakaकाठमाडौं, २० भदौ । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ ।

नाका सञ्चालनसँग नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाट अत्यन्त्य नजिक पर्ने यो नाका सञ्चालनसँग अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासमा लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ ।

ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवं पूर्व प्रधानमन्त्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याने विषय राज्यको प्राथमिकतामा परेको प्रष्ट हुन्छ ।

पछिल्लो समय नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने काम पनि अघि बढाइएको छ ।