काठमाडौं, २० भदौ । पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधिन फाष्ट–ट्रयाक नेपाल आफैले बनाउनु पर्ने बताएका छन् ।
उनले नेपाल बाहेक अरुलाई दिँदा त्यसले देशको हित नगर्ने भएकोले स्वदेशी पूँजीमा नै यो निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनले यो निर्माणमा विदेशीलाई दिन ठूलो चलखेल भएको बताए । नेपालले यो निर्माण गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनमा नेपाली कांग्रेस र केही कर्मचारी (ब्युरोक्रेसी) लागेको समेत आरोप लगाएका छन् ।
‘फाष्ट–ट्रयाक बनाउने निर्णय, शिलान्यास गर्ने काम म प्रधानमन्त्री भएको बेला गरेको हुँ । त्यहि बेला यसको अन्तर्राष्ट्रिय टेण्डर दिएर यसको डिपिआर तयार गर्ने काम थालियो । तर, सरकार परिवर्तन भएपछि यो काम अगाडि बढन सकेन । सुशील कोइराला नेतृत्वको सरकारले पछि जुन शर्तमा जुन कम्पनीलाई दिन खोजियो त्यो पूरै देशको अहितामा थियो’, नेपालले भने, ‘त्यसमा देशलाई नै ध्वस्त पार्ने अकुत भ्रष्टचारका योजना थिए । सुरूदेखि नै मैले त्यसको विरोध गरेँ । हाम्रो पार्टीले पनि पछि त्यसको विरोध गर्यो । पछि केपी ओली नेतृत्वको सरकारले केही ढिला गरेर भए पनि सरकारले नै त्यो बनाउने राम्रो निर्णय गर्यो ।
अहिलको प्रधानमन्त्रीले पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भन्ने कुराले नेपालले नेपाली कांग्रेस भित्र देशभक्तिको भावना हुदै नभएको कारण यस भित्र भ्रष्टचार बाहेक अरु केही नभएको उनले बताए ।
भ्रष्टाचारमा लिप्त भएर देश डुवानका लागि कांग्रसे भित्रका केही मानिस लागि रहेको देखिन्छ ।
‘८०(८५ अर्बमा बन्ने योजनालाई एक खर्ब बाह्र अर्ब पुर्याएर दिन खोजियो । उसको सर्त अनुसार त्यो फास्टट्रयाकमा दस बाह्र हजार सवारी साधन नै चल्दैनन् । दस हजारको संख्यामा बाहन नचले त्यसको क्षतिपूर्ति दिन्छु भनेर जुन सम्झौता गर्न खोजिएको छ, त्यो गलत छ’, नेपालले भने ।















प्रतिक्रिया