१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा पशुपतिको दर्शन, प्रधानन्यायाधीश पनि देखिइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-bhandari-1

काठमाडोँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजको अवसरमा आज साँझ पशुपतिनाथको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी पशुपतिमा पुग्दा दर्शनका लागि लामबद्ध महिलाले हात हल्लाएर स्वागत गरेका थिए । उहाँलाई पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद सदस्य एवम् कर्मचारीले मन्दिरको पश्चिमद्वारअघि स्वागत गरेका थिए ।

मन्दिर घुमेर राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएपछि मूलभट्ट गणेश भट्टबाट प्रसाद ग्रहण गर्नुभएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

तिजकै अवसरमा प्रधान न्यायाधीश सुशीला कार्कीले पनि आजै दिउँसो पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको कोषले जनाएको छ । रासस

Sushila-kari-with-husband Bidhya-bhandari-2  Bidhya-bhandari