१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा फोहोर फाल्ने सातजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १९ भदौ । ललितपुर उपमहानगरपालिका क्षेत्रभित्र सार्वजनिक स्थानमा जथाभावी फोहोरमैला फाल्ने सातजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर र प्रहरी प्रभाग पुल्चोकको टोलीले विभिन्न स्थानमा फोहोर फाल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा उपमहानगरपलिका पुल्चोकका दिलिप शाक्य, वीरवहादुर घिसिङ, सञ्चित अग्रवाल, महेश लामा, बिन्दु श्रेष्ठ, दुधराज लामा र अजय लामा छन् । यसअघि गत १६ गते समेत जथाभावी फोहोर फाल्ने २४ जनालाई कारबाही गरिएको थियो । रासस