१९ कार्तिक २०८३, बिहिबार

१५ बुँदे सहमतिपछि पूर्वाञ्चल विश्वविद्यालयमा आन्दोलन रोकियो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Purbanchal_University1

काठमाडौं, १९ भदौ । पूर्वाञ्चल विश्वविद्यालयमा बिगत केही समय अघिदेखि विभिन्न माग राखी तालाबन्दी गर्दै आन्दोलनरत संगठन अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटी र पूर्वाञ्चल विश्वविद्यालयबीच आज विश्वविद्यालयको सम्पर्क कार्यालय सिनामंगलस्थित वार्ता बसी विभिन्न बिषयमा सहमति भएको छ ।

बिगतमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएपनी मागको सुनुवाई नभएको भन्दै उक्त संगठन तालाबन्दीमा उत्रदै विभिन्न क्याम्पस र विश्वविद्यालयमा तालाबन्दी गरिएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्याम लाल दास र अनेरास्ववियु अध्यक्ष नबिना लामा, उपाध्यक्ष रश्मी आचार्य लगायतको उपस्थितीमा वार्ता टोलीका संयोजक अनेरास्ववियु सचिवालय सदस्य तथा पूर्वान्चल विश्वविद्यालय इञ्चार्ज डा शिशिर भण्डारी, पूर्वान्चल विश्वविद्यालय अध्यक्ष सन्जिव देवकोटा र पूर्वान्चल विश्वविद्यालयको वार्ता टोलीको तर्फबाट बिज्ञान तथा प्रबिधि संकायका डिन प्रा डा सुभनारायण पाठकबीच हस्ताक्षर भएको छ ।

अनेरास्ववियु पूर्वान्चल विश्वविद्यालय इञ्चार्ज डा शिशिर भण्डारीले आन्दोलनलाई निष्कर्षमा पुगाएको बताए । उनले भने– ‘पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पसमा हामीले आन्दोलन गरेका थियौ । आन्दोलनलाई निष्कर्षमा पुग्यौ । १५ बुँदे सहमति भयो ।’

सहमतिहरु निम्न अनुसार रहेका छनः

pu-unversitypu-unversity-1