काठमाडौं, १९ भदौ । नेपालको लागि महिन्द्रा अटोमोबिल्स् तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले नाडा अटो शो २०१६ मा पाल्नुभएका सम्पूर्ण आगन्तुकहरुलाई आफ्नो सहभागितामार्फत कार्यक्रमलाई सफल बनाइदिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
साथै, निरन्तर रुपमा महिन्द्राको प्रति साथ र समर्थन दिँदै ब्राण्डलाई आफ्नो पहिलो रोजाईमा राख्दै आएका सम्पूर्ण ग्राहकहरुवर्गहरु माझ पनि कम्पनीले आभार प्रकट गरेको छ ।
महिन्द्रा यसपाली नाडामा आफ्ना तीन प्रमुख तथा वर्गमै उत्कृष्ट SUV हरुको रेन्ज सहित प्रस्तुत भएको थियो । उक्त तीन SUV (KUV100, TUV300 तथा XUV500) लगायत भृकुटी मण्डपमा भएको नाडा अटो शोको स्टल नं. सी८ मा महिन्द्राले e2o गाडी पनि प्रस्तुत गरेको थियो । कम्पनीले KUV 100 र TUV 300 गाडीहरुको NADA मा बुकिङ्ग गरे बापत विशेष छुटहरुको पनि व्यवस्था राखेको थियो ।
अग्नि इन्कर्पाेरेटेडको बारेमा
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै आई आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आफूलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।
महिन्द्राको बारेमा
महिन्द्रा ग्रुप ग्रामीण विकास गराउने र शहरी जीवनशैलीलाई गतिशीलता दिने तथा व्यवसायहरुको कार्यक्षमता बढाउने समाधानहरु प्रस्तुत गरी सबैको उन्नति गराउन प्रतिबद्ध कम्पनी हो ।
भारतको मुम्बईमा अवस्थित १७.८ अर्ब अमेरिकी डलरको यस मल्टीनेशनल ग्रुपले १०० वटाभन्दा बढी देशहरुमा भएका २००,००० जना व्यक्तिहरुलाई रोजगार अवसर प्रदान गराउँदै आएको छ । महिन्द्रा आर्थिक वृद्धि गराउने प्रमुख क्षेत्रहरुमा सञ्चालन हुँदै आएको छ र ट्रयाक्टर, युटिलिटि भेहिकल्स्, सुचना प्रविधि, वित्तीय सेवाहरु तथा भ्याकेसन ओनरशीप जस्ता सेक्टरहरुमा अग्रणी स्थान ओगटेको पनि छ । यस बाहेक महिन्द्राले एग्रो–व्यवसाय, एयरोस्पेश, कम्पोनेन्ट्स्, कन्सल्टिङ्ग सेवाहरु, डिफेन्स्, इनर्जी, इन्डस्ट्रीयल इक्वीप्मेन्ट्, लजिस्टिक्स्, रियल स्टेट्, रिटेल, स्टिल, कमर्शियल भेहिकल्स् तथा टु-व्हीलर्स् व्यवसाय अदिमा पनि बलियो उपस्थिति बनाएको छ ।
सन् २०१५ मा महिन्द्रा एण्ड महिन्द्रा कम्पनी Economic Times द्वारा CSR को लागि भारतको सबैभन्दा उत्कृष्ट कम्पनी मानिएको थियो । सन् २०१४ मा महिन्द्रा रेभेन्यु, नाफ, एसेट तथा मार्केट भ्यालुको आधारमा विश्वकै सबैभन्दा विशाल र शक्तिशाली पब्लिक कम्पनीका रुपमा ँForbes Global 2000 मा सूचिकृत भएको थियो । यसका साथै महिन्द्रा ग्रुपले सन् २०१३ मा ँFinancial Times बाट “Emerging Markets” क्याटेगरीमा ‘Boldness in Business” Award पनि जित्न सफल भएको थियो ।
















प्रतिक्रिया