१९ कार्तिक २०८३, बिहिबार

आइक्यापको नवौ महासम्मेलनमा भाग लिएर खनाल भोलि स्वदेश फर्किदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalnath-khanal

काठमाडौं, १९ भदौ । एशियाली राजनीतिक पार्टीहरुका सम्मेलन (आइक्याप)को नवौ महासम्मेलन यही सम्टेम्बर १ देखि ४ सम्म मलेशीयाको राजधानी क्वालाम्पुरमा सम्पन्न भएको छ ।

आइक्याप नवौ महासम्मेलनको अध्यक्षको रुपमा सम्मेलनकोे उद्घाटन गर्दै मलेशीयाका प्रधानमन्त्री अब्दुल रजाकले मलेशीयाले विगतका २ दशकमा हासिल गरेका विकास उपलब्धिहरुको चर्चा गर्दै गरिवीलाई देशबाट उन्मुलन गरिसकेको तत्थ्य प्रस्ट पार्नु भयो ।

मलेशीयाले लागु गरेका समावेशी प्रजातन्त्रका कारणले यी उपलब्धीहरु सम्भव भएको वताउदै भन्नु भयोः अव देश केही वर्ष भित्रै विकसीत देशको हैषियत प्राप्त गर्ने छ । एशियाको विकास र शान्तिका लागि यस महादेशका देशहरु र राजनीतिक पार्टीहरु एकता र सहकार्य आवश्यक भएकोे कुरा प्रस्ट पार्दै आइक्यापले गरेको प्रयासको प्रशंसा गर्नु भएको थियो ।

उद्घाटन समारोहमा वक्ताका रुपमा बोल्दै आइक्यापका अध्यक्ष होसे डे भेनेशीयाले एशिया विश्व सभ्यताको केन्द्र भएको, संसारका महत्ववपूर्ण धर्म र सभ्यता यही महादेशमा जम्मिएर र फस्टाएका हुँदा एक्काइसौ शताब्दिलाई पुनः एशियाली शताब्दी बनाउन पहल गर्नु पर्ने कुरा औल्याउनु भयो । एशियाली देशमाझ रहेका असमझदारीहरु आपसी छलफल र सहमतिबाट टुङ्गाउनु पर्ने कुरालाई जोड दिदै चिनीया राष्ट्रपतिले अघि सारेको नयाँ सिल्क रोड योजनाको प्रशंसा गर्नुभयो ।

उद्घाटन समारोह पश्चात आइक्याप आठौ महासम्मेलनका अध्यक्ष तथा श्रीलङ्काका पूर्व राष्ट्रपतिले महेन्द्र राजापाक्षले एशियाको एकतालाई जोड दिदै आफुले क्षत्रिय आतंकवादलाई निस्तेज गर्न खेलेको भूमिकाको बचाउ गर्दै आतंकवाद कुनै पनि वाहनामा छुट दिन नहुने कुरामा जोड दिनु भयो ।

कार्यक्रमको पहिलो प्लेनरीमा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिस्ठ नेता झलनाथ खनालले एशियाको शान्ति र विकासका लागि आफ्ना घारणाहरु राख्नु भयोः हिमालयन क्षेत्रको स्थायित्व, शान्ति र विकासले विश्वका ठूला सम्भ्यताहरु चीन र भारतको विकास, शान्ति र स्थायित्वका लागि भूमिका खेल्ने छ । चीन र भारत माझको सहकार्य, विकास र शान्तिले एशियामा शान्ति, विकास र समृद्धि हुने यसले विश्वलाई नै शान्ति र समृद्धि कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने खनालले बताउनु भयो ।

आइक्याप र एशियन पार्लियामेन्ट, वन बेल्ट वन रोड, एशियाली विकास र पुर्वाधार बैंक, आशियान र अन्य क्षेत्रीय सहकार्यहरुले शान्त र समृद्ध एक एशिया बन्न बलिया आधारहरु बन्दै गरेको कुरा बताउनु भयो । वहाँले एशियामा देखिएका विवाद र तनावहरुलाई कुनै वाह्य हस्तक्षेप विना आपसी फलफल र वार्तामार्फत् टुंगोमा पुग्नु पर्ने घारणा राख्नु भयो ।

खनालले भन्नुभयोः एक एशिया बन्नका लागि साना, कम विकसीत र पछाडि परेका देशहरुलाई एशियाको समृद्धिको प्रक्रियालाई जोड्न नसक्दा एक एशिया केवल नारा मात्रै बन्ने छ । वहाले भन्नु भयोः एक एशिया भनेको केवल देशको अर्थतन्त्र र जनतालाई जोड्नु मात्र होईन यो विभिन्न जात जाती, लिङ्ग, वर्ग माझ समानताको सुनिश्चितता कायम गर्दै जानु पनि हो । एशियाको एकता भनेको हामीले हामीसँग भएको प्रकृतिसँगको पार्थिव एकता कायम गरी यसलाई आउने पुस्ताका लागि संरक्षण गर्नु पनि हो । वहाँले हिमालयन क्षेत्रको प्रकृति संरक्षणको आवश्यकता बारे पनि प्रकाश पार्नु भयो ।

कार्यक्रममा जापान, कोरिया, भारत, पाकिस्तान, जापान, इन्डोनेशिया, मलेशिया, क्याम्बोडिया, भियतनाम, फिलिपिन्स, रसिया, भारत, श्रीलङ्का लगायत अन्य देशका विभिन्न पार्टीका नेता तथा प्रतिनिधिहरुले बोलेका थिए । नेपालबाट नेपाली काग्रेसकी नेता सुजाता कोइराला र माओवादीका नेता नारायणकाजी श्रेष्ठ, राप्रपाका संजय शर्मा, समाजवादी पार्टी अर्जुन थापाले पनि कार्यक्रमा आफ्ना पार्टीको धारणाहरु राख्नु भएको थियो ।

महासम्मेलनमा महिला, विपद् व्यवस्थापन र मेडिया विषयगत छलफल भएको छ । विपद् व्यवस्थापनमा नेकपा एमालेका युवा नेता तथा सम्मानीय झलनाथ खनालका विदेश मामाला सहयागि योगेन्द्र शाहीले नेपाल र हिमालय क्षेत्रमा वातावरण परिवर्तनले पारेका प्रभावको चर्चा गर्नूका साथै विकसित देशको एतिहासिक दायित्व लिनु पर्ने र एशियाका चिन र भारतले हिमालयन क्षेत्रको वातावरण संरक्षणका लागि आफ्नो नैतिक दायित्व भूल्न नहुने कुरा बताउनु भयो । कार्यक्रममा विपद् व्यवस्थापनमा इन्डोनेशीया विज्ञहरु र अन्य देशका प्रतिनिधिले आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रममा भएका प्रस्तुति माथि आइक्याम्पका अध्यक्ष जोसे डे भेनेशीया र सहअध्यक्ष तथा महासचिव चुन उइयोङ्ले निष्कर्षहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा डातो श्री साईदान र डातुक राजा रोफियाले कार्यक्रमको अध्यक्षता गर्दै आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रम एशियाका ३५ देशबाट ८९ राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु सहभागि हुनु भएका थिए । कार्यक्रमले आईक्यापको अहिले विद्यमान टिम (अध्यक्ष होसे डे भेनेसिया, सहअध्यक्ष तथा महासचिवमा चुङ् उई योङ उपाध्यक्ष क्याम्बोडियाका उपप्रधानमन्त्री सोन ओक र रापोटियरमा मुसाहिद हुसेन साईद) लाई नै निरन्तरता दिने निर्णय गरेको छ । महासम्मेलनले आइक्यापका आगामी कार्यक्रमको खाकाहरु पनि तय गरेको छ । महासम्मेलनले आइक्यापका मूल्य मान्यताको पुन ताजगी गर्दै एशिया र विश्वमा भएका नयाँ परिवेश समेटी एक एशिया नारा केन्द्रित क्वालालम्पुर घोषणापत्र जारी गरेको छ । सम्पूर्ण क्रार्यकम सकेर खनाल भोली बेलुकी नेपाल आईपुग्ने खनालका स्बकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।