जाजरकोट, १८ भदौ । सदरमुकामको शान्ति चौतारामा आज एक होटलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
होटल सङ्गीतामा आगलागी हुँदा मृत्यु हुनेमा नायकवाडा–२ की १९ वर्षीया सङ्गीता खत्री बोहरा रहेको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले जानकारी दिनुभयो । घटनामा चार घाइते भएका छन् ।
घाइतेको उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । आगलागी कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । रासस












प्रतिक्रिया