१९ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रद्वारा माईन्यूट च्यातेकोमा एमालेको आपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-logo.jpg– जीवन डाँगी

रोल्पा, १९ भदौ । नेकपा (माओवादी केन्द्र) रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीले स्थानीय तह छलफल भएको माईन्यूट च्यातेकोमा नेकपा (एमाले) रोल्पाले आपति जनाएको छ ।

शंनिबार एमाले अध्यक्ष हरिप्रसाद घर्तीमगरले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । ‘संविधानमा व्यवस्था भए अनुसार सहमतिमा स्थानीय निकाय पुनः संरचना आयोग गठन गरेको र उक्त आयोगले जिल्ला प्राविधिक सहयोग समिति गठन गरी रोल्पा जिल्लामा ७ वटा स्थानीय तह रहने संख्या तोकि जिल्ला प्राविधिक सहयोग समितिलाई काम गर्न निर्देशन दिए अनुसार प्राविधिक सहयोग समितिले प्रारम्भिक खाका सार्वजनिक गरी विभिन्न तहबाट सुझाव लिइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

भदौ १३ गते सर्वदलिय बैठक बोलाएको र उक्त बैठकमा नेपाली कांग्रेसबाट सभापति अमरसिंह पुनमगर, नेकपा एमालेबाट अध्यक्ष हरिप्रसाद घर्तीमगर, नेकपा माओवादी केन्द्रबाट जिल्ला उप–संयोजक ऋषिराम रोकामगर, राप्रपा नेपालबाट अध्यक्ष टीका बहादुर वली लगायत ७ सात राजनीतिक पार्टीको उपस्थितिमा सवै विकल्पमा छलफल भएको थियो ।

रोल्पामा ५ वटा स्थानीय तह बनाउनेमा सर्व सम्मत निर्णय सार्वजनिक भएको पनि थियो ।

माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीले यही भदौ १३ गते निर्णय भएको ५ वटा स्थानीय तहलाई नसच्याउने मनसायले जिल्ला प्राविधिक सहयोग समितिको माइन्यूट मागी आबेशमा आई भएका निर्णयहरुलाई च्याती फालेका थिए ।