११ कार्तिक २०८३, बुधबार

यो जोडीलाई यसरी आयो मसानघाटबाट खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

नेपालगञ्ज, १९ भदौ । केही युवा खाल्डो खन्दै थिए, केही घन्टाअघि मात्र जन्मिएकी नवजात चेलीलाई पुर्न । आमा अर्धचेत अवस्थामा आलो सुत्केरी र सन्तान गुमाउँदाको पीडामा जल्दै थिइन् । बाबु पुर्पुरोमा हात राखेर नियतीलाई धिकार्दै थिए ।

अचानक बालिका रोइन्, च्याहाँ च्यहाँ च्याहाँ…

सधै शोक र सन्नाटाले भरिने मसानघाट एकाएक अपार खुसीले भरियो ।
अन्ततः मृतक भनेर अन्तिम संस्कारका लागि मसानघाट पुर्‍याइएकी बालिका बौरिइन् । नागरिक दैनिकले समाचार छापेको छ ।

देशैभरि तीज मनाउने तयारी गरिरहँदा अस्पतालले वेवास्था र आफ्नो आज्ञानले जीवितै चिहान पुर्‍याइएकी छोरी बौरिँदा आमाबाबुमा खुसीको सीमै रहेन ।