११ कार्तिक २०८३, बुधबार

पैसा लिएर चालक अनुमतिपत्र बनाउने समूहको गिरोह पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laisanतनहुँ, १९ भदौ । तनहुँ प्रहरीको टोलीको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने एक समूहलाई पक्राउ गरेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत कोत्रेमा जाँचका क्रममा शंका लागेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नक्कली लाइसेन्स बनाउन सक्रिय दुई अभियुक्त र तीन प्रयोगकर्तालाई पक्राउ गर्न सफल भएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

पक्राउ पर्नेमा बन्दिपुर नगरपालिका २ का प्रेम गुरुङ, देउरालीका धनप्रसाद गुरुङ रहेको प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए ।

प्रेमले नक्कली लाइसेन्सको भरमा ट्रक चलाउँदै आएका थिए ।

उनको लाइसेन्सको पिछा गर्दै प्रहरी पोखरास्थित मुनाल ड्राइभिङ इन्स्टिच्यूटका सञ्चालक विनोद खड्काबाट खरिद गरेको पत्ता लाग्यो ।

त्यसपछि नयाँ बजास्थित दीपशिना प्रिन्टर्सबाट ५ हजार रुपैयाँमा नक्कली लाइसेन्स बिक्री गरेको खुल्न गएको प्रहरीले जनाएको छ ।