१९ कार्तिक २०८३, बिहिबार

राजधानीको सामाखुशीमा प्रहरीमाथि आक्रमण, दुई घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ भदौ । राजधानीमा सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–२९ सामाखुशी रानीबारी डेरा गरी बस्ने खोटाङ नेर्पा–६ का भक्त राईले भट्टी संचालन गरिरहेकोमा सम्झाई बुझाई गरी भट्टी बन्द गराउने क्रममा प्रहरीसँग विवाद गरी हातपात गर्ने ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित प्रहरी बिट रानीबारीबाट गस्ती गर्दै जाने क्रममा उनीसँग विवाद भएपछि राईलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त लैनचौर पठाएपश्चात पुनः गस्ती गर्ने क्रममा राईकी श्रीमती एलिसा राई लगायत दिपेश राई, किस्मत राई र सबिना तामाङ समेतले प्रहरीमाथि हातपात गर्दा बिटमा कार्यरत २ जना प्रहरी कर्मचारी घाइते भएकोले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।