१९ कार्तिक २०८३, बिहिबार

कैलालीमा ग्यास चुहावट भई आगलागी, एकै परिवारका ६ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १८ भदौ । कैलाली जिल्लाको पूर्वी क्षेत्र पथरैया गाविस वडा नं १ मा स्थानीय एक परिवारको भान्साघरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा छजना घाइते भएका छन् ।

टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार कलावती जैसीको भान्सामा रहेको ग्यास चुहावट हुँदा कलावतीसहित अस्मीता जैसी, लक्ष्मी देवकोटा, करिश्मा जैसी, कौशिला जैसी र अनिल विक रहेका छन् । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । रासस