१ कार्तिक २०८३, आइतबार

बिर्तामोडमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन, सबैका आँखा रसाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Documentry 2

बिर्तामोड । पत्रकार गणेश पाण्डेले निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ बिर्तामोडमा प्रदर्शन गरिएको छ ।

०७२ बैशाखमा गएको भूकम्पको विषयमा तयार पारिएको उक्त डकुमेन्ट्री हेर्ने सबैका आँखा रसाए । ४५ मिनेटको डकुमेन्ट्री हेर्दा सुरुदेखि अन्त्यसम्म नै आँशु पुछिरहे कार्यक्रममा उपस्थित अधिकांश महिलाले । झापाका पत्रकार तीर्थ सिग्देलको पहिलो कृती ‘जीवनको गति’ बिमोचन समारोहमा पाण्डेले निर्माण गरेको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको हो । भूकम्पले घर भत्किँदा पुरिएका, धरहरासँगै ढलेका लगायतका विषयवस्तु सकेटिएको छ डकुमेन्ट्रीमा । भूकम्पपछि अङ्गभङ्ग भएकाहरुको पीडादायी कथालाई शसक्त ढङ्ले प्रस्तुत गरेका छन् पाण्डेले, डकुमेन्ट्रीमा ।

Documentry 1

सुरक्षाकर्मीले साहसपूर्वक भूकम्पपीडितको उद्दार गरेको दृश्यसमेत छ डकुमेन्ट्रीमा । डकुमेन्ट्रीले विश्वका विभिन्न मुलुकबाट दर्जनौँ अर्वाड पाइसकेको छ । डकुमेन्ट्रीमा बाँच्ने र बचाउनेहरुको कथा रहेको निर्देशक पाण्डेले बताए । ‘बाँच्नेहरु जस्ले आश्चर्यजनक रुपमा मृत्युलाई जित्न सफल भए, बचाउनेहरु जसले आफ्नै घर भत्कँदा पनि मानवताको धर्म छाडेनन्, जीवन बचाउन लागे, आफ्नै आँखाअगाडि मृत्यु देखेकाहरुले जसरी चमत्कारिक रुपमा नयाँ जीवन पाए, त्यसलाई हामीले भाग्यसँग जोड्न खोजेका हौँ,’ निर्देशक पाण्डेले भने, ‘नेपालीमा काम सफल हुँदा र नहुँदा पनि भाग्यसँग जोडेर हेर्ने गरिन्छ, मानिसलाई बुझ्न र सम्झन सजिलो हुने भएकाले पनि हामीले डकुमेन्ट्रीको नाम भाग्यले बाँचेकाहरु राखेका हौँ ।’

भूकम्पपीडितको उद्धार गर्दाका अनुभवहरु प्रहरीले बाँडेका छन् डकुमेन्ट्रीमा । पूर्व सूचना दिएर आउँदैन भूकम्प । अचानक भूकम्प आउँदा हजारौँले ज्यान गुमाए, त्यतिकै सङ्ख्यामा घाइते र अङ्गभङ्ग भए । यही विषयलाई भिडियोमा उतारेका हुन् भाग्यले बाँचेकाहरुका निर्देशक पाण्डेले । यो डकुमेन्ट्री फिल्म हल र युट्युबमा हेर्न पाइँदैन । ५-७ वर्षसम्म भिडियो लिक नगर्ने निर्देशक पाण्डेले बताएका छन् ।