१९ कार्तिक २०८३, बिहिबार

झापामा मजदुर आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली
विर्तामोड, १८ भदौ । पूर्वकै पुरानो र निजी क्षेत्रको ठूलो गिरी बन्धु टि स्टेटका मजदुर विभिन्न माग राखि आन्दोलनमा उत्रिएका छन ।

आज झापाको विर्तामोडस्थित गिरी बन्धु टि स्टेट भित्र चिया बगानमा नै पत्रकार सम्मेलन गरि चिया मजदुर आन्दोलन उत्रिएका हुन । उनीहरुले भोलिदेखि २१ गतेसम्म हातमा कालो पटटी बाँधेर काम गर्ने तथा भदौ २२ बाट भने १० दिनसम्म प्रतिष्ठानको मुलद्वारमा रिले अनसन बस्ने त्यती गर्दा समेत आफनो मागहरु सुनुवाइ नभएमा असोज २ गते दोश्रो चरणको कडा आन्दोलन गर्न नेपाल कृर्षी तथा बगान क्षेत्र श्रमिक संघका इकाइ अध्यक्ष नारायण दर्जीले बताए ।

उनीहरुले विगतका ३०५ जना कर्मचारीलाई स्थायी गरिनुपर्ने, सरकारले वृद्धि  गरेको चिया मजदुरको ज्यालाको बाँकी किस्ताको रकम भुक्तानी गरिनुपर्ने, सरकारले बृद्धि गरिएको दैनिक ज्याला २५३ कार्यान्वयन गरिनुपर्ने, जिर्ण भएको बासस्थान मर्मत गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।