१९ कार्तिक २०८३, बिहिबार

संविधान कार्यान्वयनमा जुट्न दलहरुलाई कांग्रेस नेता सिंहको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-man-singh-1

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन र तीनवटै तहको निर्वाचन हुन सकेमात्र देशमा राजनीतिक स्थिरता कायम हुने बताएका छन् ।

शनिबार बानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले अब दलहरुका सामु १७ महिना अत्यन्तै चुनौतिपूर्ण रहेको बताए । संविधानको मर्म र भावनाअनुसार आवश्यक ऐन कानून निर्माण गरि तीन वटा निर्वाचन सम्पन्न गर्न सकेमात्र मुलुकमा राजनीतिक स्थिरता रहने प्रष्ट्याए ।

हाल स्थानीय तहको सीमांकनका बिषयमा उठिरहेको बिवाद जतिसक्दो छिटो दलहरुले छलफलबाट एउटा निष्कर्षमा पुग्नुको बिकल्प नरहेको भन्दै दिनरात खटेर मधेस समस्या समाधान र कानून निर्माण गरि संबिधानको पूर्ण कार्यान्वयनको वातावरण निर्माणमा जुट्न समेत प्रमुख दलहरुलाई आह्वान गरे ।

दलहरुबीचको तिक्तताले जनतामा निराशा छाएकोतर्फ सचेत रहन अपिल गर्दै मुलुकलाई सम्बृद्धिको बाटोमा लान जनताको बिश्वास जित्नसके मात्र सम्भव हुने भएकाले जनतामा उत्साह ल्याउन सकेमात्र प्राप्त उपलब्धिको रक्षा गर्न सकिने र त्यसका लागि दलहरु मिलेर काम गरून् भने जनताको चाहाना पूरा गर्न दलहरुलाई आग्रह गरे ।

कार्यक्रममा एक नम्बर निर्वाचन क्षेत्रबाट उत्कृष्ट स्थान ल्याउने बिद्यालय र बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।