११ कार्तिक २०८३, बुधबार

यसरी खुलेको थियो सामागाउँको तिब्बत नाका

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samagau Gorkha Nepalगोरखा, १८ भदौ । सामागाउँ– ५ का मिङ्मार लामा साउन २६ गते गाउँको गन्नेमान्ने पाँच जनाका साथमा तिब्बतको कोङदाङ सहर गए ।

अघिल्ला वर्षहरूमा जस्तै त्यहाँको सरकारका प्रतिनिधि (स्याङताङ) भेटेर सीमाना खुलाइदिन आग्रह गरे ।

हरेक वर्ष यार्सागुम्बा टिपिसकेपछि खुल्ने नाका यस वर्ष खुल्न ढिला भइसकेको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

स्याङ्तालङले भदौ १० गतेभित्र नाका खुलाउने निर्णय गरी टेलिफोन गर्ने वचन दिए ।

नभन्दै भदौ १० गतेदेखि सामागाउँको रूइला नाका १५ दिनको लागि खुल्यो ।

एक वर्षदेखि बन्द रहेको नाका खुल्दा खुसी भएका सामागाउँ, ल्हो, प्रोक र बिहि गाविसका एक हजार घरधुरीका बासिन्दा बाँध फुटेपछिको खोलाझै गोठमा रहेका याक, नाक, झोपा लर्कन लिएर तिब्बततिर जान थाले ।

मिङ्‌मारको टोली बिहीबार बिहान खाजा खाएर साढे ६ बजेतिर याक, चौरी, झोपा धपाउँदै कोङ्दाङ हिँडे । उनका साथमा गाउँका २२ जनाको टोली थियो ।