१ कार्तिक २०८३, आइतबार

भारतलाई कसरी तह लगाउनुपर्छ हामीलाई थाहा छः पाकिस्तानी सेना प्रमुख

19.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahel-sarif-pakistan

काठमाडौं, १७ भदौ । पाकिस्तानी सेनाका प्रमुख जनरल राहिल शरीफले पाकिस्तानका शत्रुलाई राम्ररी चिनेको र कसरी तह लगाउने भन्ने कुरामा पनि आफूहरु सदैव तयार रहेको बताएका छन् ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा १५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको बलुचिस्तानमा मानव अधिकारको खराब आवस्थाबारे चिन्ता व्यक्त गरेका थिए । जुन विदेशी मामलामा विवादास्पद अभिव्यक्ति थियो ।

उक्त अभिव्यक्तिको प्रतिक्रियास्वरुप पाकिस्तानी सेना प्रमुख शरीफले भारतको नाम नलिईकनै यस्तो अभिव्यक्ति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आतंककारीको सम्बन्धमा पनि शरीफले भारततर्फ संकेत गर्दै दुनियाले जे भने पनि आफूहरु आतंककारीको विरुद्धमा लागिपरेकोे बताए ।
यसअघि भारतीय प्रधानमन्त्रीले पाकिस्तानले आतंककारीलाई संरक्षण गरेको आरोप लगाएको थिए ।