काठमाडौं, १७ भदौ । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दुई साता लामो चीन भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन् ।
बरिष्ठ नेता नेपाल इन्टरनेसनल बुद्धिस्ट सेन्टरको निमन्त्रणामा गत भदौ २ गते चीनको गोन्जाओ हुँदै चाङ्सा प्रान्त गएका थिए ।
चीनमा बरिष्ठ नेता नेपालले चीनले महत्वाकांक्षी योजनाका रुपमा अघि बढाएको वान बेल्ट, वान रोडसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुका साथै विभिन्न कार्यक्रम लगायत विभिन्न ठाँउको अवलोकल पनि गरेका थिए ।












प्रतिक्रिया