१९ कार्तिक २०८३, बिहिबार

नेपालगञ्जमा प्रहरीमाथि आक्रमण, १० जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

बाँके, १७ भदौ । प्रहरी माथि ढुङगामुढा प्रहार गर्ने नेपालगंज उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय सुमन शाहसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालगंज उपमहानगरपालिका–१ स्थित सि.टि.प्यालेस होटेल नजिक बाटोमा गएराति भेलाजम्मा भई बसेका ब्यक्तिहरुलाई प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरी माथि ढुङगामुढा प्रहार गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।