दैलेख, १७ भदौ । सौतेलो छोरालाई चक्कु प्रहार गरेको अभियोगमा मालिका–२ घर भई दुल्लु नगरपालिका–१ तल्लोडुङ्गेश्वर डेरा गरी बस्ने २७ वर्षीया बर्दा शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शाहीले विहिबार सौतेलो छोरा १२ वर्षीया कमल शाहीलाई मकै खाने बिषयलाई लिएर बादबिबाद हुँदा चक्कुले टाउकोमा प्रहार गरेकी थिइन् । घाईते कमलको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया