काठमाडौं, १७ भदौ । मोटरसाइकल चोरी गरी विक्री गर्ने काभ्रे होक्से–८ घर भई हाल ललितपुर सानागाउँमा मुर्तिको काम गरी बस्ने २४ वर्षीय विकाश तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार २०६७ सालमा सिंहदरवार भित्रबाट विगेन्द्र मिश्रको नाममा रहेको बा.२६ प १५३६ नम्बरको कालो रंगको पल्सर मोटरसाइकल चोरी गरी बेचेको अभियोगमा प्रहरीले उनलाई विहिबार ललितपुर सानागाउँबाट पक्राउ गरेको हो ।
चोरीको उक्त मोटरसाइकल किन्ने व्यक्तिलाई समेत इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया