११ कार्तिक २०८३, बुधबार

परिवार नियोजन संघमा यसरी भयो चरम भ्रष्टाचार, अस्तित्व नै संकटमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FPAN-Logoकाठमाडौं, १७ भदौ । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ ।

संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमित तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र विधानलाई समेत उल्लंघन गर्दै मनोमानी ढंगले सञ्चालन गर्न थालेपछि संघको अस्तित्व संकटमा परेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

संघले आफ्ना कार्यक्रम सञ्चालन गर्न कानुनबमोजिम पेश गर्नुपर्ने कागजात पेश नगर्ने, परियोजनाहरू स्वीकृति बिना सञ्चालन गर्ने, कार्यक्रम सञ्चालनपछि अनुमोदन नगर्ने तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरू संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ ।

जसको कारण १ करोड जनताले प्राप्त गरिरहेको सेवा बन्द हुने अवस्थामा छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्यौलमा परेको छ ।