कैलाली, १६ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरण कार्ययोजनालाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कैलालीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सवारी दुर्घटना गराउने चालकलाई कानुनमा नै सवारी ‘रुट परमिट’ तथा सवारी चालक अनुमतिपत्र छ महिनासम्म निलम्बन गर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
मन्त्री लेखकले आजै निर्माणाधीन पूर्वपश्चिम हुलाकी राजमार्गको अनुगमन गर्दै राजमार्ग निर्माणलाई चाँडै अघि बढाउन पहल गर्ने आश्वासन दिनुभयो ।
अर्काे प्रसङ्गमा उहाँले मधेसी, आदिवासी, जनजाति र थारु समुदायले उठाएका माग सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको जानकारी दिनुभयो । रासस












प्रतिक्रिया