१९ कार्तिक २०८३, बिहिबार

सब इन्जिनियर श्रेष्ठविरुद्ध आरोपपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौँ, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३ मा कार्यरत सब इन्जिनियर दिनेश श्रेष्ठविरुद्ध बिगो रु तीन लाख कायम गरी कैद र बिगोबमोजिम जरिवाना माग गर्दै विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।

घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु तीन लाख घुस लिँदै गर्दा पक्राउ परेका उनीविरुद्ध आज अरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी जनप्रिय निमावि भुवनपोखरी पाल्पाका शिक्षक विनोदकुमार भण्डारीविरुद्ध झुटा स्थायी अध्यापन अनुमतिपत्र पेस गरी शिक्षकमा स्थायी नियुक्ति लिएको पुष्टि भएपछि उनीवरुद्ध आजै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । रासस